१५ मङ्सिर २०७८, बुधबार

प्रचण्ड चितवनबाट चुनाव नलड्ने नै भएका हुन् ?

२०७४,कार्तिक,६,सोमवार १४:३९

0
Shares

काठमाडौं, ६ कात्तिक— यसअघि नै चितवनबाट चुनाव लड्ने घोषणा गरेका पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पछि हट्न लागेको चर्चा सुरु भएको छ ।उनी चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लड्न छाडेर बर्दिया क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीमा लागेका हुन् ।एमालेसँग बाम गठबन्धन बनाएर चुनावमा होमिएको माओवादी केन्द्रले पार्टी अध्यक्ष प्रचण्डलाई बर्दियाबाट चुनाव लडाउने तयारी गरेको बताइएको छ ।बर्दिया—१ एमाले उपाध्यक्ष वामदेव गौतमको क्षेत्र हो ।एमाले जिल्ला कमिटी बर्दियाले उपाध्यक्ष गौतमलाई बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उठाउन सर्वसम्मत सिफारिस गरिसकेको थियो । तर, अहिले उनी  प्रचण्डलाई सो क्षेत्र छाडेर प्युठान सर्न लागेको बताइन्छ ।यसबारे प्रचण्डको सचिवालयले भने औपचारिक धारणा बाहिर ल्याइसकेको छैन ।

प्रकाशित मिति: २०७४,कार्तिक,६,सोमवार १४:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बैतडी । नेकपा (माओवादी केन्द्र)ले बैतडीका ४ पालिकामा अधिवेशन सम्पन्न गरेको छ । मंसिर ११ गतेदेखि सुरु भएको पालिका अधिवेशनअन्तर्गत

रसुवा । नेपाली कांग्रेस रसुवाको १४औँ जिल्ला अधिवेशनले पेम्बाछिरिङ तामाङलाई सभापतिमा पुनः सर्वसम्मत चयन गरेको छ । उनी यसअघि पनि

काठमाडौं । नेपाली कांग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) को महाधिवेशन आज(बुधबार)देखि सुरु हुँदैछ । तीन दिनसम्म चल्ने महाधिवेशन आजबाट काठमाडौंमा सुरु

ताजा समाचार

सिरहामा सुन र नगदसहित दुई युवक पक्राउ
 २०७८,मङ्सिर,१५,बुधबार ११:२८
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
 २०७८,मङ्सिर,१५,बुधबार ११:१८
जुम्लामा बस दुर्घटना : दुई जनाको मृत्यु
 २०७८,मङ्सिर,१५,बुधबार १०:५२
सिरी ए फुटबल : युभेन्टस विजयी
 २०७८,मङ्सिर,१५,बुधबार १०:४१