आज प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् कार्यसूची ?

लोकपथ
14
Shares

काठमाडौँ । संघीय संसद प्रतिनिधिसभाको बैठक आइतबार (आज) बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकका लागि संसद सचिवालयले तीन वटा सम्भावित कार्यसूची तय गरेको छ ।

जसअनुसार शोक प्रस्ताव पारित गर्नेसहित प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद् सम्बन्धी संशोधन विधेयक प्रस्तुत गर्ने र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी संशोधन विधेयक पेश गर्नेछन् ।

यसअघि चैत ६ गते प्रधानमन्त्रीले विश्वासको मत लिएर बैठक आजका लागि तय भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?