१३ जेष्ठ २०८०, शनिवार

भद्रबास स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सम्पन्न, ४ सयभन्दा बढी वृद्धवृद्धाले पाए उपचार

२०७९,चैत्र,११,शनिवार २२:१६

81
Shares

 

काठमाडौं । कागेश्वरी मनोहरा–३, भद्रबासस्थित भद्रबास स्वास्थ्य चौकीमा एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । आज शनिबार नगरपालिकाको सहयोगमा मेयरसँग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य सेवा तथा चस्मा वितरण कार्यक्रम सम्पन्न भएको हो ।

शिविरमा रक्तचाप, आँखा, हाडजोर्नी, दाँत, मुटु र सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो । आँखा जाँच गरी चश्माको आवश्यकता परेका बिरामीका लागि निःशुल्क चश्मासमेत वितरण गरिएको थियो । भने, निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

उक्त शिविरबाट ४ सयभन्दा बढी वृद्धवृद्धाहरुले सेवा लिएको वडा नम्बर ३ का अध्यक्ष राममणी पुडासैनीले जानकारी दिए । हरेक नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउने उद्धेश्यले उक्त शिविर आयोजना गरिएको उनले बताए । ‘हामी सधैँ जनतासँगै छौँ जब जनता स्वस्थ हुन्छन् तबमात्र वडा समृद्धिको पथमा लम्कन्छ,’ उनले भने, ‘आगामी दिनमा पनि यस्ता खाले स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरु गर्न वडाले पहल गर्नेछ ।’

स्वास्थ्य शिविरको अवलोकनका लागि कागेश्वरी मनोहराका मेयर उपेन्द्र कार्कीसमेत उपस्थित भएका थिए । मेयरसँग ज्येष्ठ नागरिक कार्यक्रम आफूले चुनावका बेला प्रतिवद्धता गरेको कार्यक्रममध्ये एक भएको उनले बताए । यो कार्यक्रमलाई नगरपालिका भित्रका सबै वडामा पुर्याउने र सबै ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्नेसमेत जानकारी दिए ।

त्यस्तै, भद्रबास स्वास्थ्य चौकीमा उपस्थित वृद्धवृद्धाको संख्याले आफूलाई थप उर्जा थपेको समेत उनी बताउँछन् । ‘वडा नम्बर ३ आफैंमा सानो वडा हो यहाँको जनसंख्या पनि थोरै छ तर, हामीले दिएको सेवा लिन आउनुभएको संख्याले मलाई पक्कै पनि उर्जा थपेको छ,’ उनले भने, ‘आगामी दिनमा यसलाई निरन्तरता दिँदै जाने प्रतिवद्धता जनाउँदछु ।’

साथै, आज उपचार गरेका बिरामीका लागि छिट्टै फलोअपका लागि अर्को शिविर राख्नेबारे पनि छलफल गर्ने उनले बताए । भद्रबास स्वास्थ्य चौकीका कर्मचारी, महिला स्वास्थ्य स्वयम्सेविकाहरुको सहयोगमा उक्त शिविर सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०७९,चैत्र,११,शनिवार २२:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सरकारको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार राति सम्पन्न प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधि सभाको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति नाथको जलहरीको विषयमा निवेदन परि छानबिन भइरहेको बताएका छन्। जलहरी प्रकरणमा प्रतिनिधि सभाको

काठमाडौं । ऐतिहासिक धरोहर मानिने दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा शिक्षामा सीप कार्यक्रम सञ्चालन भएसँगै शनिबार पनि पठनपाठन गर्न

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११