वृत्तिविकासको ढोका कहिँ पनि बन्द गरिएको छैन: मन्त्री  पण्डित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन नगरी नयाँ भर्ना गर्न नमिल्ने  बताएका छन् । 

संसदको मंगलबार बसेको बैठक कर्मचारी समायोजको जवाफमा सो बताएका हुन् । 

 ‘सेवा प्रवाह स्थानीय तह प्रदेश र संघका कार्यालयको संगठन संरचना तयार भइसकेको र स्थानीय तह एवं प्रदेशबाट पनि व्यापक रुपमा राष्ट्रसेवक कर्मचारीको आवश्यकता महसुस भएको अवस्थामा सेवा प्रवाहलाई् गति दिनका लागि अध्यादेश ल्याइएको उनले प्रष्टिकरण मा भनेका छन् । 

समायोजन समाप्त भएलगत्तै भर्ना प्रक्रिया शुरु हुने भएकाले पनि  छिटो समायोजन टुंग्याउनुपर्ने मन्त्री पण्डितले जोड दिएका छन् । 

कर्मचारीको वृत्तिविकास नरोकिने र सेवानिवृत्त भएपछि सबैको जिम्मा संघीय सरकारले लिने गरी व्यवस्थापन गरिएकाले शंका गर्नुपर्ने अवस्था नभएको मन्त्री पण्डितले बताए ।

 छिटो संघीय निजामती सेवा ऐन र प्रदेश र स्थानीय तहको निजामती ऐनको नमुना कानून पनि ल्याउने प्रतिबद्धता जनाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?