२० मङ्सिर २०८०, बुधबार

प्रचण्ड चितवनबाट चुनाव नलड्ने नै भएका हुन् ?

२०७४,कार्तिक,६,सोमवार १४:३९

0
Shares

काठमाडौं, ६ कात्तिक— यसअघि नै चितवनबाट चुनाव लड्ने घोषणा गरेका पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पछि हट्न लागेको चर्चा सुरु भएको छ ।उनी चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लड्न छाडेर बर्दिया क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीमा लागेका हुन् ।एमालेसँग बाम गठबन्धन बनाएर चुनावमा होमिएको माओवादी केन्द्रले पार्टी अध्यक्ष प्रचण्डलाई बर्दियाबाट चुनाव लडाउने तयारी गरेको बताइएको छ ।बर्दिया—१ एमाले उपाध्यक्ष वामदेव गौतमको क्षेत्र हो ।एमाले जिल्ला कमिटी बर्दियाले उपाध्यक्ष गौतमलाई बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उठाउन सर्वसम्मत सिफारिस गरिसकेको थियो । तर, अहिले उनी  प्रचण्डलाई सो क्षेत्र छाडेर प्युठान सर्न लागेको बताइन्छ ।यसबारे प्रचण्डको सचिवालयले भने औपचारिक धारणा बाहिर ल्याइसकेको छैन ।

प्रकाशित मिति: २०७४,कार्तिक,६,सोमवार १४:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संसदको अर्थ समितिले एनसेलको शेयर स्वामित्व खरिदबिक्रीमा भएको विषयमा यथार्थ विवरण १५ दिनभित्र पेश गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणको पेशी मंसिर २८ गतेका लागि तोकिएको छ । नक्कली भुटानी

रामेछाप । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जनतामा संघीयताप्रति वितृष्णा बढ्नुमा संघ सरकारको व्यवहार जिम्मेवार रहेको

भरतपुर । भरतपुरका घर घरमा पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गलाई स्वास्थ्य सेवा दिने कार्य सुरु भएको छ ।

ताजा समाचार