‘मिर्जापुर’लाई पछीपार्दै ‘फर्जी’ बन्यो सबैभन्दा धेरै हेरिने भारतीय वेब सिरिज

लोकपथ
312
Shares

काठमाडौं । राज र डीकेको वेब सिरिज ‘फर्जी’ रिलिज भएदेखि नै फ्यानमाझ चर्चामा छ । ‘फर्जी’ वेब सिरिजलाई अहिलेसम्मको सबैभन्दा धेरै हेरिएको भारतीय श्रृंखला घोषित गरिएको छ ।

वेब सिरिज ‘फर्जी’ मा अभिनेता शाहिद कपूर देखिएका थिए । शाहिद कपूरले ‘फर्जी’ मार्फत ओटीटी डेब्यू गरेका छन्। यो सिरिज राज र डीकेको उत्कृष्ट सिरिजको सूचीमा परेको छ ।

फ्यानहरूले पहिलो शृङ्खला मन पराएका छन् र यसको सिजन २ को लागि उत्सुकतापूर्वक पर्खिरहेका छन्। यो वेब सिरिज फ्यानहरु माझ निकै लोकप्रिय भएको छ ।

मिडिया रिपोर्टका अनुसार शाहिद कपूर र विजय सेतुपतिको वेब सिरिज ‘फर्जी’लाई ३७ करोड १० लाख दर्शकले हेरिसकेका छन् । यति धेरै भ्युजले फर्जी दर्शकमाझ निकै लोकप्रिय भएको संकेत गर्छ । ‘फर्जी’ले ‘रुद्र’, ‘मिर्जापुर सिजन २’, ‘पञ्चायत २’ र ‘द नाइट म्यानेजर’ जस्ता अन्य लोकप्रिय सिरिजलाई भ्यूजको मामिलामा पछाडि छोडेको छ ।

फ्यानहरूसँग यो खुसीको खबर सेयर गर्दै अभिनेता शाहिद कपूरले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्, जसमा उनले लेखेका छन्, फेक फिभर…तपाई सबैलाई धेरै धेरै धन्यवाद।

यस सिरिजमा साउथ स्टार विजय सेतुपति, के के मेनन, राशि खन्ना, भुवन अरोरा, अमोल पालेकर र रेजिना क्यासान्ड्रा पनि छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?