दुई दिन भित्रै मन्त्रीपरिषदले पूर्णता पाउँछ : मन्त्री श्रेष्ठ

लोकपथ
84
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिन भित्रै मन्त्रीपरिषदले पूर्णता पाउने बताएका छन् ।

शनिबार ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले केही दिनमा नै मन्त्रीपरिषदले पूर्णता पाउने बताएका हुन् ।

उनले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै सो समस्या समाधानका लागि सरकारले सम्बन्धित पक्षसँग आवश्यक परामर्श गरी प्रभावकारी कदम चाल्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार उद्योगी, व्यवसायीहरुसँग निरन्तर संवादमा रहिरहने आश्वासन पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?