प्रधानन्यायाधीशमा प्रस्तावित शमशेर जबराको नाम संसदीय सुनुवाइबाट अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइको विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्र शमशेर जबराको नाम अनुमोदन गरेको छ ।

आज बसेको संसदीय सुनुवाइको बैठकमा जबराको नाम अनुमोदन गरेसँगै जबराको प्रधानन्यायाधीश बन्ने बाटो खुलेको हो । 

यसअघि आजै संसदीय सुनुवाई विशेष समितिले जबराविरुद्ध प्राप्त उजुरीबारे उनीसँग छलफल गरेको थियो र उनले ति उजुरुहरुलाई प्रष्ट पार्दौ आफूले खराब नियत राखेर नियमविपरित काम नगरेको बताएका थिए । 

न्यायपरिषद सचिवालयले प्रधानन्यायाधीशका न्यायाधीशद्वय चोलेन्द्र शमसेर र दीपकराज जोशीको नाम संवैधानिक परिषदमा पठाएको थियो । तर जोशी यसअघि नै संसदीय सुनुवाइबाट अस्वीकृत भएकाले चोलेन्द्रको मात्रै दावेदारी रहेको थियो । 

संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?