साताको सेयर बजार : नेप्से १९ सय १५ अंकमा खुम्चिदा पाँच अर्ब ११ करोडको कारोबार 

लोकपथ
169
Shares
काठमाडौं ।  लगानीकर्ताहरुको लागि यो साता पनि सेयरबजार नकारात्मक देखिएको छ । नियमित कारोबारको लागि चार कार्य दिन मात्र खुल्ला रहेको नेप्से तीन कार्य दिन लगातार घटेको थियो । दोस्रो दिन नेप्से बढेको देखिएपनि कारोबार रकममा यसले खासै सुधार ल्याउन सकेन । यसले गर्दा यो साता नेप्से सुचक संगै कारोबार रकम पनि कमजोर रह्यो । सोहीकारण लगानीकर्ताहरु सेयरबजारप्रति निरास देखिए ।
यो साता नेप्से सुचकाँक १९ सय १५ दशमलव १४ अंकमा खुम्चिन पुग्यो भने क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ६१ दशमलव शुन्य एक अंकमा खुम्चिन पुग्यो । साताभर दुुई सय ६६ वटा कम्पनीहरुको सातामा एक लाख २० हजार दुई सय २७ पटक सेयर किनबेच भयो ।  जसबाट एक करोड ६५ लाख ३६ हजार एक सय ४५ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम पाँच अर्ब ११ करोड ५२ लाख ८१ हजार पाँच सय ४५ रुपैंयाँमा सिमित भयो ।
गत साता भने नेप्सेमा छ अर्ब ३० करोड ८९ लाख ५७ हजार तीन सय २८ रुपैंयाँको सेयर कारोबार भएको थियो । कुल दुई सय ६० वटा कम्पनीहरुको एक लाख ४१ हजार चार सय ६९ पटकको कारोबारमा एक करोड ८५ लाख ७८ हजार तीन सय ३५ कित्ता शेयर किनबेच हुँदा गत साता उक्त परिमाणमा रकम कारोबार भएको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष चार कार्य दिन मात्र खुल्ला रहेको थियो ।
सो मध्ये पहिलो, चौंथो र पाँचौं दिन नेप्से घटेको थियो दोस्रो दिन बढेको थियो । तेस्रो दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो ।  सो अनुसार पहिलो दिन छ दशमलव ९० अंकले घटेर १९ सय २६ दशमलव ४० अंकमा झरेको नेप्से दोस्रो दिन भने २२ दशमलव ६५ अंकले बढेर १९ सय ४९ दशमलव छ अंकमा चढ्न सफल भएको थियो । चौंथो दिन पुन १५ दशमलव ७६ अंकले घटेर १९ सय ३३ दशमलव २९ अंकमा झरेको नेप्से पाँचौं दिन पनि १८ दशमलव १५ अंकले घटेर १९ सय १५ दशमलव १४ अंकमा सिमित हुन पुगेको थियो ।
यसैगरी पहिलो दिन एक दशमलव ५२ अंकले घटेर तीन सय ६३ दशमलव २६ अंकमा सिमित हुन पुगेको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन भने दुई दशमलव ९५ अंकले बढेर तीन सय ६६ दशमलव २१ अंकमा पुगेको थियो । चौंथो दिन पुन दुई दशमलव ३० अंकले घटेर तीन सय ६३ दशमलव ९१ अंकमा सिमित हुन पुगेको सेन्सिटिभ इन्डेक्स पाँचौं दिन पनि दुई दशमलव ९० अंकले घटेर तीन सय ६१ दशमलव शुन्य एक अंकमा सिमित हुन पुगेको थियो ।
यो साता नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, शिवम सिमेन्ट आदिको बढी रकम कारोबार भएका छन् भने हिमालयन डिष्ट्रिलरी प्राली, नेपाल टेलिकम, एनआईसी एशिया बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स लगायतका कम्पनीहरु अगाडि परेका छन् ।
यस्तो रह्यो यो साता दैनिक शेयर कारोबार (संख्या र रुपैयाँमा)
दिन                       कम्पनी संख्या                       कारोबार संख्या               कित्ता                 कारोबार रकम
पहिलो दिन                  २५९                                      ३०७७५                 ३१६३३८९          १०६९८०४८२५.१३
दोस्रो दिन                    २५८                                      २९२८२                 ५२५५०८६          १२९८५८३९८८.२९
तेस्रो दिन – उपत्यका बिदा
चौंथो दिन                      २६६                                     ३०४८५                 ३७७७४००         १३३३७१९९२९.६७
पाँचौं दिन                       २५९                                     २९६८५                ४३४०२७०          १४१३१७२८०२.५०
कुल                                                                          १२०२२७               १६५३६१४५        ५११५२८१५४५.५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?