विराट गोल्ड कपमा आर्मीलाई हराउँदै जवलाखेल सेमिफाइनलमा

लोकपथ
0
Shares

विराटनगर । विभागीय टिम त्रिभुवन आर्मीलाई सडनडेथमा हराउँदै जवलाखेल यूथ क्लब विराट गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगरस्थित शहीद रंगशालामा शुक्रबार भएको दोस्रो क्वार्टर फाइनल खेलमा आर्मीलाई सडनडेथमा ६–५ गोलले पन्छाउँदै जवलाखेल अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गालरहित खेल बराबरी भएपछि जितको छिनोफानो सडेनडेथबाट भएको हो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक टाइबे्रकरमा दुवै टोलीले ५–५ गोल गरेका थिए । त्यसपछि खेल सडनडेथमा पुग्यो ।

सडनडेथमा जावलाखेलको तर्फबाट सीमान्त थापा, विदेशी खेलाडी फोडे फोफोना, जाहुल, छिरिङ, शमीराज थोकर र विशाल तामाङले गोल गरेका थिए ।
आर्मीको तर्फबाट टंक बस्नेत, टेक बहादुर बुढाथोकी, कप्तान जिलेस्पी जंग कार्की,सन्तोष केसी र गोल किपर बिकेस् कुथुले गोल गरेका थिए भने सेसेहाङ्ग आङदङबेको प्रहार बाहिरिँदा दोस्रो खेलबाट आर्मी घर फर्किन बाध्य भयो ।

जितसँगै जावलाखेलले घरेलु टिम विराटनगर सिटीसँग चैत १३ गते पहिलो सेमिफाइनल खेल खेल्नेछ ।

आर्मी र जावलाखेलले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित र अतिरिक्त समयसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो ।

आर्मीले दसौँ ं मिनेटमा गोल गर्ने अवसर गुमायो । टोलीका आशिष् शाक्यको प्रहार बाहिरायो । आर्मीका कप्तान जिलेस्पी जंग कार्कीले २३ औँ मिनेटमा ३० यार्डदेखिको कडा प्रहार जावालाखेलका गोलकिपर अनीश देउलाले नियन्त्रणमा लिँदै गोल हुनबाट जोगाएका थिए । त्यस लगतै भरत चौधरीले बिट भइसकेको अवस्थामा बललाई सही दिशा दिन सकेनन् । ३६ औँ मिनेटमा आर्मीका सुलिद राईले डिफेन्डरलाई क्रस गरेर निकालेको बल सुशान्त चौधरीले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत गर्न चुके ।
जवालाखेलका विदेशी खेलाडी मसोवीको पनि ३९ औँ मिनेटमा गोल गर्न चुकेका थिए । राहुलले ४४ औँ मिनेटमा निकालिदिएको वान भर्सेस वानको प्रहार मसोवीले गोल गने अवसर गुमाएका थिए । त्यस लगतै उनको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुबाट डिफ्लेक्ट हुँदै बाहिरियो ।
बलको कर्नर प्रहारमा सुशान्त चौधरीको हेडर पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
दोस्रो हाफबाट आर्मीले आक्रामक खेल पस्किए पनि गोलमा परिणत गर्न नसक्दा घर फर्किन बाध्य भयो । ५२ औँ मिनेटमा कप्तान जिलेस्पीको हेड पोस्टमाथिबाट बाहिरिँदा आर्मीले अग्रता लिन सकेन ।
६० औँ मिनेटमा मध्य भागबाट एक्लै बल अघि बढाएका सेसेहाङ्ग आङ्देङबकोे प्रहार दायाँ बार हुँदै बाहिरिँदा आर्मीले गोल गर्नबाट चुक्यो ।
६५ औँ मिनेटमा वान भर्सेस वानमा जावलाखेलका सीमन्त थापाको डकिबक्स भित्रको कडा प्रहार आर्मीका गोलरक्षक गोलरक्षक विकेश कुथुले बचाएका थिए । लगत्तै विदेशी खेलाडी आयोगको प्रहार पनि गोलरक्षक कुथुले विफल पारे ।
७३ औ मिनेटमा आर्मीका सुदिप राईले पेनाल्टी एरियामा निकालिदिएको बल कप्तान जिलेस्पीको प्रहार पोसमाथिबाट बाहिरिँदा गोल गर्ने अवसर खेर गयो । ८३ औँ मिनेटमा युद्ध शाहीले निकालिदिएको पास जिलेस्पीले डिबक्सभित्र बल नियन्त्रणमा लिन नसक्दा गोल गर्नबाट चुक्यो । ८६ औँ मिनेटमा जावलाखेलका कप्तान सीमान्त थापाले मध्य भागबाट बल एक्लै अगाडी बढाएर डकिबक्स भित्रबाट आर्मीका गोलरक्षकलाई विट गर्न नसक्दा गोल गर्ने राम्रो अवसर गुमाएका थिए । अतिरिक्त समयको १५ औँ मिनेटमा आर्मीका सन्तोष केसीले फ्रिकिक कप्तान जिलेस्पीले पेनाल्टी एरियाबाट बललाइ नियन्त्रणमा लिएर गरेको प्रहार पोसमाथिबाट बाहिरियो ।

शनिवारको तेस्रो क्वाटर फाइनल खेल साबिक विजेता सशस्त्र प्रहरी र पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबबिच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?