बागमतीमा जम्कट्टेल नेतृत्वकै सरकारको निरन्तरता, पाए विश्वासको मत

लोकपथ
117
Shares

हेटौँडा । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारले निरन्तरता पाएको छ ।

आज बसेको प्रदेश सभा बैठकमा मूख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाएसँगै सरकारले निरन्तरता पाएको हो ।

मुख्यमन्त्री जम्कट्टेलले ६७ सांसदबाट विश्वासको मत पाएका हुन् ।

आजको बैठकमा ९१ जना सांसदहरु मध्ये ६७ जना सांसदको समर्थन रहेको सभामुख भुवनकुमार पाठकले सभालाई जानकारी गराएका थिए । त्यस्तै विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा १७ जनाले हस्ताक्षर गरेका थिए भने ७ जना सांसदहरु तटस्थ बसेका थिए ।

मुख्यमन्त्री जम्कट्टेललाई माओवादी केन्द्रका २१, नेपाली कांग्रेसका ३७, एकिकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदले विश्वासको मत दिएका हुन् ।

उनले प्रदेशसभाबाट दोस्रो पटक विश्वासको मत पाएका हुन् । यसअघि नेकपा एमाले र राप्रपाले समर्थन फिर्ता लिएसँगै उनले पुनः विश्वासको मत लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?