बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ४ मन्त्रीले बुझाए सामूहिक राजीनामा

लोकपथ
299
Shares

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेल सामूहिक राजीनामा बुझाउँदै एमाले सरकारबाट बाहिरिएको हो ।

हाल बागमती प्रदेश एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाको नेतृत्वमा एमाले सरकारमा सामेल भएको थियो । थपलिया, आर्थिक मामिला तथा योजना एवं सरकारका प्रवक्ता रहेका थिए । त्यस्तै कृषि तथा पशुपन्छी विकासमन्त्रीमा केशप्रसाद पोखरेल, स्वास्थ्यमन्त्रीमा रामेश्वर श्रेष्ठ र श्रम, रोजगार तथा यातायात मन्त्रीमा एकलाल श्रेष्ठ रहेका थिए ।

एक विज्ञप्ति जारी गर्दै केन्द्रमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इमान्दारिता नदेखाएको कारण आफूहरु प्रदेश सरकारबाट बाहिरिएको जानकारी बताएका छन् ।

आज बागमतीका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?