कांग्रेसले बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने

लोकपथ
287
Shares

हेटौँडा । नेपाली कांग्रेसले बागमती प्रदेश सरकारलाई विश्वासको मत दिने भएको छ ।

आज बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने बताएका हुन् ।

यसअघि बुधबार मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको बैठकमा कांग्रेस उपस्थित भएको थिए । जसको कारण मुख्यमन्त्रीले विश्वासको मत पाएका थिएनन् । आन्तरिक छलफलपछि कांग्रेस मुख्यमन्त्रीलाई विश्वासको मत दिन तयार भएको हो ।

बैठकलाई सम्बोधन गर्दै लामाले कांग्रेस माओवादीको गठबन्धनले प्रदेशको विकासमा हातेमालो गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?