काठमाडौं । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएसँगै मन्त्रिपरिषद् विस्तारका लागि छलफललाई तीव्रता दिएका छन् ।
विश्वासको मत पाएसँगै वर्तमान सरकारमा सामेल दलका शीर्ष नेताहरुसँग संयुक्त र केही नेताहरुसँग ‘वान टू वान’ वार्ता गरिरहेका छन् ।
आज एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले लोकपथलाई जानकारी दिए ।
एकीकृत समाजवादीले केन्द्रमा ‘पावरफूल’ ३ मन्त्रालयको दाबी गरिरहेको छ । अन्य दलहरुलाई राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री बनाउन सहयोग गरेको भन्दै एकीकृत समाजवादीले केन्द्रसहित प्रदेशमा समेत भाग खोजेको छ ।
भेटघाटमा मन्त्रिपरिषद् विस्तार र आफ्नो दलको सम्मानजनक सहभागिताको विषयमा छलफल भएको खतिवडाले लोकपसँग बताए ।
‘खास मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भयो । हामीले अन्य राजनीतिक दललाई सहयोग गरेका कारण पनि हाम्रो सम्मानजनक सहभागिता हामीले खोजेका छौँ ।’ खतिवडाले भने ।
प्रदेशमा चाँही तपाईहरुको कुरा के हो ? भन्ने लोकपथको प्रश्नमा उनले भने,‘प्रदेश सरकारको नेतृत्वमा पनि हाम्रो सहभागिता रहनुपर्छ । एउटा वा दुई वटा कति वटामा हुन्छ हाम्रो नेतृत्व हुनुपर्ने माग हो ।’
यसअघि आजै पार्टी कार्यक्रमका लागि पाँचथर पुगेका एसका सम्मानित नेता झलनाथ खनालले समेत प्रदेशमा समेत आफूहरुको दाबी रहने बताएका थिए ।
यसअघि नै नेताहरुले गठबन्धनको चौथो ठूलो दलको हैसियतमा हामीले रोजेको मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया