काठमाडौं । संघीय संसद सचिवालयको आज बस्ने बैठकले प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्र शमशेर जबराको सुनुवाइ गर्ने भएको छ ।
बिहान ११ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा सुनुवाइका लागि जबरालाई बोलाइएको संघीय संसद सचिवालयले जानकारी दिएको छ । आइतबार नै सुनुवाइ शुरु भएको थियो तर कर्मचारीको आन्दोलनका कारण स्थगित भएको थियो । आइतबार बसेको बैठकमा जबरा आफ्नो कार्ययोजना प्रस्तुत गरिसकेका छन् ।
राणा प्रधानन्यायाधीशका लागि अयोग्य रहेको दावी गर्दैै समितिमा नौवटा उजुरी परेका छन् । सर्वोच्चसहित विभिन्न अदालतमा न्यायाधीश हुँदा राणाले पूर्व अधिराजकुमारी प्रेरणा शाहको दाइजोलगायत सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउने फैसला गरेको, सर्वोच्चले पुनरावलोकन गरिसकेको मुद्दामा संवैधानिक इजलासमार्फत सुनुवाइको प्रपञ्च गरेको, बेञ्च अवरुद्ध पारेको, म्यारिजलाई जुवा नभनी बौद्धिक खेल भनेको लगायत आरोप छ ।
उनी माथि परेको उजुरीमा संसदीय सनुवाई समितिले शुक्रबार उजुरीकर्ताहरु सँग छलफल गरिसकेको छ ।
समितिले सुनुवाइ गर्दै पनि आजै उनको नाम अनुमोनद गर्नसक्ने छ । न्याय परिषदले सिफारिस गरेका जबराको नाम संसदीय समितिले अनुमोदन गरे उनलाई प्रधानन्यायाधीश नियुक्त गर्ने बाटो खुल्नेछ ।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण पुस १७ बाट अवकाश पाउँँदैछन् ।
न्यायपरिषद्ले भावी प्रधानन्यायाधीशका लागि जबरासँगै दीपकराज जोशीको नाम सिफारिस गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया