काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटघाट भएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल बालुवाटार पुगेका हुन् ।
प्रचण्ड–नेपालबीचको छलफल जारी रहेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार भेटघाटमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भइरहेको छ ।
केहीदिनयता प्रधानमन्त्री प्रचण्डले गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुबीच वान टू वान वार्ता गर्दै आइरहेका छन् ।
केही दिनभित्रै मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको छ ।
एकीकृत समाजवादीले गृहसहित रोजेका मन्त्रालयहरु पाउनुपर्ने माग राख्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया