काठमाडौँ । बागमती प्रदेशमा नेकपा एमालेबाट मन्त्री भएकाहरुले खनज राजीनामा दिने भएका छन् ।
आज एमालेका ४ मन्त्रीहरुले प्रदेशसभा बैठकमा घोषणा गरेर पदबाट राजीनामा दिने तयारी गरेका हुन् ।
शुक्रबार प्रदेशसभाको बैठक बस्दैछ भने सोही बैठकमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत लिनेसम्धी प्रस्ताव पेश गर्ने तयारी छ ।
लगत्तै एमालेले प्रदेशसभा बैठकमा सम्बोधन गर्दै सरकारलाई दिएको समर्थन फिर्ता सहित मन्त्रीहरुले राजीनामा दिने एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले बताए ।
समीकरण परिवर्तन भएसँगै केन्द्रमा एमालेले विश्वासको मत फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । तर बागमतीमा सो पार्टीका मन्त्रीहरुले राजीनामा दिएको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया