१३ जेष्ठ २०८०, शनिवार

समृद्ध प्रदेश निर्माणमा कार्यक्रम लक्षित छन् : मुख्यमन्त्री गिरी

२०७९,चैत्र,९,बिहीवार २१:१८

0
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले समृद्ध प्रदेश निर्माणतर्फ प्रदेश सरकारका योजना र कार्यक्रम लक्षित गरिएको बताएका छन्।

लुम्बिनी प्रदेशका समृद्धिका आधारहरू तय गर्दा नै सहश्राब्दी दिगो विकास लक्ष्य हासिल गर्नेतर्फ केन्द्रित गरिएको भन्दै उनले राजनीतिक स्थायित्वमार्फत विकासको लक्ष्य हासिल गर्दै जाने बताए।

लुम्बिनी प्रदेशसभा सचिवालयको आयोजनामा रुपन्देहीको लुम्बिनीमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी प्रदेशसभा सदस्यको भूमिका विषयक अभिमुखीकरण कार्यक्रमको आज उद्घाटन गर्दै मुख्यमन्त्री गिरीले लुम्बिनी प्रदेश सरकारले दिगो विकास लक्ष्य हासिल गर्ने गरी योजनाबद्ध कार्यक्रम बनाइरहेको बताए।

कार्यक्रममा लुम्विनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरले दिगो विकास लक्ष्य पूरा गर्न सबैको भूमिका आवश्यक रहने र प्रदेशको पनि लक्ष्य निर्धारण गरी काम गरिने बताए। दिगो विकास लक्ष्यअनुरुप प्रदेशको कानुन निर्माण गर्नुपर्ने धारणा राख्दै उनले त्यसका लागि सोहीअनुसारको पहल गर्ने प्रतिबद्धतासमेत जनाए।

प्रदेशसभामा विपक्षी दलका नेता डिल्लीबहादुर चौधरीले नेपालका लागि सहयोग गर्ने दातृ निकायले जनतामुखी भएर योजना बनाउन सुझाव दिए। युनडिपीका आर्थिक सल्लाहकार धर्म स्वर्णकारले दिगो विकास लक्ष्यअनुसार काम गर्न नीति निर्माताको महत्वपूर्ण भूमिका रहने बताए। कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, अर्थविज्ञ डा स्वर्णिम वाग्लेले अभिमुखीकरणमा सहजीकरण गरेका छन् ।

प्रकाशित मिति: २०७९,चैत्र,९,बिहीवार २१:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधि सभाको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति नाथको जलहरीको विषयमा निवेदन परि छानबिन भइरहेको बताएका छन्। जलहरी प्रकरणमा प्रतिनिधि सभाको

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा शुरु भएको छैन । बैठक शनिबार दिउँसो ४ बजे बोलाइएको भएपनि समयमै शुरु हुन

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशभर आन्दोलन हुने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११