पूर्वाग्रह राखेर कसैको सरुवा हुँदैन : मन्त्री मोदी

लोकपथ
91
Shares
sf7df8f}F, !@ kmfu’g . ;+3Lo dfldnf tyf ;fdfGo k|zf;gdGqL cdnnfn df]bL g]kfn cflbjf;L hghflt kqsf/ dxf;+3 -kmf]lgh_åf/f z’qmaf/ cfof]lht sfo{qmddf ;Ddfg tyf k’/:sf/ ljt/0f sfo{qmddf z’esfdgf dGtJo JoQm ug'{x’Fb} . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वाग्रह राखेर मन्त्रालयले कसैको पनि सरुवा नगर्ने स्पष्ट पारेका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पाँचौँ विभागीय अधिवेशनलाई सम्बोधन गर्दै उनले निजामती प्रशासनभित्र देखिएको बेथितिलाई सुधार गरिने बताए ।

“निजामती प्रशासनभित्रका बेथिति सुधार गर्नुपर्छभन्दा केही मान्छेमा छटपटी भएको छ” उनले भने, “वृत्तिविकासका लागि पनि एकै ठाउँमा बसिरहने कुरा राम्रो होइन, तर मेरो प्रष्ट कुरा के छ भने पूर्वाग्रह राखेर कसैको पनि सरुवा गर्दैनौँ ।”

कर्मचारी जनताको सेवकभन्दा बढी राजनीतिमा क्रियाशील भएको गुनासो बढिरहेको जनाउँदै मन्त्री मोदीले जनताका कामलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिए ।

“तपाईंहरु आस्था र विचारको हिसाबले कुनै एउटा दलसँग नजिक हुनुहोला तर म भन्न चाहन्छु, तपाई हाम्रो एउटै उद्देश्य भनेको देश र जनताको सेवा गर्नु हो”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?