काठमाडौंं । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको लोकतान्त्रिक समाजवादी (लोसपा) छलफलमा जुटेको छ ।
सरकारमा सामेल हुने विषयमा छलफल गर्न केहीबेरअघिबाट बैठक जारी रहेको छ ।
सरकारमा सामेल हुने र आफ्नो सम्मानजनक उपस्थिती खोज्न बैठक जारी रहेको लोसपाका सांसद शरदसिंह भण्डारीले लोकपथलाई जानकारी दिए ।
‘हामी बैठक बसिरहेका छौँ । बैठकमा सरकारमा सामेल हुने विषयसहित अन्य विषयमा समेत छलफल हुनेछ ।’ भण्डारीले लोकपथसँग भने ।
लोसपाले सरकारमा आफूहरुको सम्मानजनक सहभागिता हुनुपर्ने माग राख्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया