१४ जेष्ठ २०८०, आईतवार

दक्षिण चीन सागरबाट युद्धपोत हटाउन अमेरिकालाई चीनको चेतावनी

२०७९,चैत्र,९,बिहीवार १५:५०

144
Shares

काठमाडौं । चीनले अमेरिकालाई दक्षिण चीन सागरबाट सेना फर्काउन अमेरिकालाई चेतावनी दिएको छ । चिनियाँ जनमुक्ति सेनाले अमेरिकी युद्धपोतलाई दक्षिण चीन सागर छाड्न आज चेतावनी दिएको हो ।

जनमुक्ति सेनाले आफ्नो जलक्षेत्रमा अमेरिकी युद्धपोतलाई फेला पारेको जनाउँदै तत्काल फर्कन चेतावनी दिएको बेइजिङले बताएको छ । चीनले दक्षिण चीन सागरमा आफ्नो अधिकार दाबी गर्दै आएको छ । यद्यपि चीनको उक्त दाबीमा कुनै कानुनी आधार नभएको निर्णय अन्तरराष्ट्रिय अदालतले गरेको छ ।

फिलिपिन्स, भियतनाम, मलेसिया र ब्रुनाइले पनि दक्षिण सागरको पानीमा आफ्नो दाबी गरेका छन्भने अमेरिकाले अन्तरराष्ट्रिय जलक्षेत्रमा जहाज चलाउन पाउनुपर्ने सबैको नैसर्गिक अधिकार भएको बताउँदै आएको छ ।

चीन सरकारको अनुमति बिना चिनियाँ जलक्षेत्रमा गैरकानुनी रुपमा अमेरिकी युद्धपोत प्रवेश गरेर यस क्षेत्रको शान्ति र स्थायित्वमा खलल पुगेको जनमुक्ति सेनाले बताएको छ । यस सम्बन्धमा अमेरिकाले कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति: २०७९,चैत्र,९,बिहीवार १५:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अङ्कारा । टर्किएमा राष्ट्रपति पदका लागि मतदान शुरु भएको छ । वर्तमान राष्ट्रपति रेसेप तैयिप एर्दोगान र उनका प्रमुख प्रतिद्वन्द्वी

किभ । रुसले आक्रमण शुरु भएदेखि शनिबार–आइतबार राति कीभमा “सबैभन्दा महत्त्वपूर्ण” ड्रोन आक्रमण गरेको सैन्य अधिकारीहरूले बताएका छन् । विस्फोटक

ह्युस्टन । अमेरिकाको न्यु मेक्सिको राज्यको रेड रिभर शहरमा शनिबार आयोजित वार्षिक मोटरसाइकल र्‍यालीमा गोली चल्दा तीन जनाको मृत्यु भएको

न्यु योर्क । अमेरिकी ह्वाइट हाउस र रिपब्लिकनहरूले विश्वव्यापी चिन्ताको बीचमा सम्भावित जोखिमलाई जोगाउन ऋणको सीमा बढाउन शनिबार सैद्धान्तिक सम्झौता

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९