२६ जेष्ठ २०८०, शुक्रवार

शेयर बजार राताम्मे, नेप्से परिसुचक १८ अंकले घट्यो

२०७९,चैत्र,९,बिहीवार १५:४४

54
Shares

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसूचक १८ दशमलव १५ अंकले गिरावट आएको छ ।

केही दिनयता घटेको बजार १ हजार ९ सय १५ दशमलव १४ बिन्दुमा बन्द भएको छ ।

यसअघि बुधबार पनि नेप्से परिसुचक १५ दशमलव ७६ अंकले घटेको थियो ।

आज विभिन्न कम्पनीको ४३ लाख ४० हजार २ सय ७० कित्ता सेयरको खरिदबिक्री हुँदा बजारमा १ अर्ब ४१ करोड ३१ लाख ७२ हजार ८०२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

उपसमूहतर्फ रहने १३ वटै समूहको शेयर मूल्य घटेको छ । त्यस्तै, एनआईसी एशिया बैंकले २१ करोड ७४ लाख ६४ हजार ८६८ रुपैयाँ बराबरको कारोबारका साथ शीर्ष स्थान कायम गरेको छ ।

प्रकाशित मिति: २०७९,चैत्र,९,बिहीवार १५:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले शुक्रबार काठमाडौंमा कम्पनीका अध्यक्ष सुभाष

काठमाडौँ। नेपाल राष्ट्र बैंकले शुक्रबार लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ८२ पैसा र

प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेका लागि तय गरिएको संघीय संसद

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको

ताजा समाचार

राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
 २०८०,जेष्ठ,२६,शुक्रवार १६:२३