राहुल गान्धीलाई सुरत अदालतले सुनायाे दुई वर्षको जेल सजाय

लोकपथ
169
Shares

काठमाडाैं । भारतीय कांग्रेस नेता राहुल गान्धीलाई सुरत अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ ।

‘मोदी उपनाम’ टिप्पणी प्रकरणमा अदालतले उनलाई दुई वर्षको जेल सजाय सुनाएको हो । तर, अदालतले तीस दिनका लागि सजाय स्थगित गरेको छ । योसँगै राहुल गान्धीलाई जमानत पनि दिइएको छ ।

के हो ‘मोदी उपनाम’ टिप्पणी प्रकरण ?

बिहीबार, सूरत अदालतले २०१९ मा कांग्रेस नेता राहुल गान्धीले मोदी उपनामको बारेमा गरेको टिप्पणीको मामिलामा आफ्नो फैसला सुनायो। अदालतले राहुल गान्धीलाई दोषी ठहर गरेको छ । राहुल गान्धीलाई धारा संविधानकाे धारा ५०४ अन्तर्गत दुई वर्षको जेल सजाय सुनाइएको थियो । तर, अदालतले निर्णय कार्यान्वयन गर्न ३० दिनको समय दिएको छ । यससँगै उनलाई तत्काल जमानत पनि दिइएकाे बताइएकाे छ । आगामी तीस दिनभित्र राहुलले सुरत अदालतको फैसलालाई उच्च अदालतमा चुनौती दिने समय पाउनेछन्।

कुरो के हो ?

२०१९ को लोकसभा चुनावको लागि कर्नाटकको कोलारमा एक र्‍यालीमा राहुल गान्धीले भनेका थिए, सबै चोरहरूको उपनाम मोदी कसरी हुन्छ ? यसैलाई लिएर भाजपा विधायक तथा गुजरातका पूर्व मन्त्री पूर्णेश मोदीले राहुल गान्धीविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?