काठमाडौं । परीक्षाको मुखमा परीक्षा केन्द्र सार्ने त्रिभुवन विश्वविद्यालयको निर्णयप्रति तीन विद्यार्थी संगठनले आपत्ति जनाएका छन् ।
नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले संयुक्त विज्ञप्ति जारी गर्दै त्रिविको उक्त निर्णय सच्याउन आग्रह गरेका हुन् ।
परीक्षा प्रणालीलाई व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा विद्यार्थीहरुलाई मनोवैज्ञानिक रुपमा असर पर्ने गरी यही २०७९ चैत्र १२ गतेबाट सञ्चालन गरिने स्नातक चौथो वर्षको परीक्षा केन्द्र सार्ने निर्णप्रति संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीहरुलाई अनावश्यक तनाव र दुख दिने मनसायका साथ विद्यार्थी)ंले अध्ययरत क्याम्पस भन्दा धेरै टाढा परीक्षा केन्द्र राख्ने निर्णय तत्काल सच्याउन परीक्षा नियन्त्रण कार्यालय समक्ष संयुक्त विद्यार्थी संगठनहरु जोडदार माग गर्दैछौँ ।’
परीक्षा जस्तो संवेदनशील विषयमा त्रिविले विभिन्न समयमा लापरबाही गर्दै आएको बताउँदै आगामी दिनमा परीक्षा प्रणालीलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउनका लागि समेत संयुक्त विद्यार्थी संगठनको माग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया