काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट दोस्रोपटक विश्वासको मत लिएपछि विभिन्न आशंकाहरु निवारण भएको बताएका छन् ।
बिहीबार सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दोस्रोपटक विश्वासको मत पाएसँगै राजनीतिक स्थिरता, सरकारको भविष्य र राजनीतिक वृत्तमा देखिएका अनेकौं आशंकाहरू निवारण भएको बताए ।
‘प्रतिनिधिसभाबाट दोस्रोपटक विश्वासको मत प्राप्त गरेपश्चात् राजनीतिक स्थिरता, सरकारको भविष्य र राजनीतिक वृत्तमा देखिएका अनेकौं आशंकाहरू निवारण भएका छन् ।’ प्रधानमन्त्री प्रचण्डले भने ।

त्यसैगरी संविधान र लोकतन्त्रको रक्षा गर्दै निर्वाचनबाट पाएको जनादेशबाट राजनीतिक व्यवस्थापन र विकास निर्माणको काम गर्ने बताए ।
‘संविधान र लोकतन्त्रको रक्षा, सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा दृढतापूर्वक अगाडि बढिरहेको वर्तमान सरकार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा व्यक्त जनादेशका आधारमा राजनीतिक व्यवस्थापनको कामसहित विकास र समृद्धिको यात्रामा द्रूततर रूपमा अगाडि बढ्ने संकल्पमा छ ।’ उनले भने ।
साथै आफूले गरेका संकल्प अनुसार काम गर्नका लागि सञ्चार क्षेत्रबाट सहयोगको अपेक्षा गरेको समेत बताए ।
‘मैले दृढताका साथ संकल्प गरेको छु– सम्पूर्ण तागतका साथ निरासा र आशंकाहरू चिर्दै आशाको रक्तसञ्चार गर्न, बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्ने सरकारको अठोटमा यहाँहरूको दर्बिलो ऐक्यवद्धता र सहयोगको अपेक्षा गरेको छु ।’ उनले भने ।
त्यस्तै नेपालको विभिन्न परिवर्तनका लागि रेडियोको भूमिकाका बारेमा समेत बयान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया