काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रत्येक सेकेण्डको सदुपयोग गर्न आग्रह गरेका छन् ।
बिहीबार सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले नागरिकहरु चरम निराशामा रहेको कारण आफू डराएको बताएका छन् ।
साथै प्रधानमन्त्रीले समेत नागरिकका अवस्थाबारे चिन्तन मनन गर्नुपर्ने बेला आएको बताए ।
‘अहिले म साँच्चिकै डराएको छु। मैले प्रधानमन्त्रीलाई पटक पटक भन्ने गरेको छु। नागरिकलाई नतर्साउनुस्। तर, प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने अवस्था आएको छ। एक्लै बिहान बेलुका एक्लै बस्दा खेरी। म आग्रह गर्न चाहन्छु कम्तीमा दिनमा आधा घण्टा समय निकाल्नुस्। भेटघाट बन्द गर्नुस् र एक पटक सोच्नुस्। आफूसँग भएको एक एक सेकेन्डको कसरी प्रयोग गर्ने भनेर डराउनुस्’ महामन्त्री थापाले भनेका छन् ।
त्यस्तै प्रधानमन्त्रीले विश्वासको मत पाइसकेपछि पनि आफूलाई विश्वास गर्ने सांसदको मात्रै भर परेर बस्न नहुने उनले बताए ।
‘कुर्सीमा बसेको प्रधानमन्त्री यति बेला डराउनुपर्छ। प्रधानमन्त्री डरायो भने मात्रै नागरिक डरबाट मुक्त हुने अवस्था आउँछ। प्रधानमन्त्रीले बायाँ हे¥यो भोट दायाँ हे¥यो भोट मसँग त १७२ भोट छ भनेर ढुक्क भएर बस्नुभयो भने टाउको टाउकोले मञ्च भरिन्छ तर, भुईँमा सुन्ने मान्छे बाँकी नरहन सक्छ।’ महामन्त्री थापाले भने ।
आफू देशका विभिन्न स्थानमा जाँदा नागरिकतहमा चरम निराशा रहेको बताए । ०६० को दशक भन्दा अहिलेको अवस्था केही सुधार भए पनि मान्छेमा केही राम्रो हुन्छ भन्ने विश्वास नै लागि नरहेको उनले बताए ।
‘कोही पनि यहाँ राम्रो हुन्छ भन्ने विश्वासमा छैनन्। ६० साल भन्दा स्थिति अहिले धेरै राम्रो होला। तर, तथ्य तथ्यांकले ठिक छ कि छैन भन्ने हुँदो रहेनछ। मान्छेले के अनुभूति गरिरहेको छ भन्नेले हुने रहेछ। हामी सबैलाई खराब भइरहेको लागिरहेको छ भने सम्हाले कसरी हो ? यहाँ राजनीतिक दल र सामुदायिक रेडियो एक ठाउँमा आएर एक ठाउँमा काम गर्नुपर्छ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया