काठमाडौं । बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ ।
आज बसेको बैठकमा मुख्यमन्त्री शालिकराम जमकटेलले विश्वासको मत लिने कार्यसूची रहेको थियो । तर नेपाली कांग्रेस उपस्थित नभएपछि बैठक स्थगित भएको हो ।
१० गतेका बैठक बोलाइएको र उक्त बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेश सभा सचिवायलका प्रवक्ता मनोजकुमार गुप्ताले लोकपथलाई जानकारी दिए ।
‘बैठक १० गतेसम्मका लागि स्थगित गरिएको छ ।’ उनले भने, ‘सो दिन मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।’
आज ३ बजेका लागि प्रदेश सभा बैठक बोलाइए पनि मुख्यमन्त्रीले एकलौटी ढंगले जान खोजेका कारण उपस्थित नभएको कांग्रेसका एक प्रदेश सभा सदस्यले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया