२६ जेष्ठ २०८०, शुक्रवार

बैंकिङ क्षेत्रमा कर्मचारी खर्च बढ्यो, सात महिनाको कुल कर्मचारी खर्च झण्डै ३२ अर्ब

२०७९,चैत्र,८,बुधबार १६:५३

90
Shares

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुमा पछिल्लो समय कर्मचारी खर्च बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पछिल्लो सात महिनाको अवधिमा सञ्चालनमा रहेका २२ वटा बाँणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका ५६ वटा संस्थाहरुले कर्मचारीहरुको तलब भत्तामा मात्र कुल ३१ अर्ब ७७ करोड ५० लाख रुपैंयाँ खर्च गरेका छन् ।

बैंकिङ क्षेत्रले कर्मचारीहरुको पारिश्रमिक वितरणमा गरेको यो खर्च गत आवको सोही अवधिको तुलनामा एक अर्ब ५७ करोड ३० लाख रुपैंयाँले बढी हो ।

राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा भने सञ्चालनमा रहेका २७ वटा बाँणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका कुल ६१ वटा बैंक तथा फाईनान्स कम्पनीह्रुले कर्मचारीहरुको तलब भत्तामा मात्र कुल ३० अर्ब २० करोड २० लाख रुपैंयाँ खर्च गरेका थिए ।

बैंकिङ क्षेत्रको कुल कर्मचारी खर्च मध्ये बाँणिज्य बैंकहरुले मात्र कर्मचारीहरुको तलब भत्तामा चालु आवको पछिल्लो सात महिनाको अवधिमा कुल २७ अर्ब ७४ करोड ७० लाख रुपैंयाँ खर्च गरेका छन् ।

बाँणिज्य बैंकहरुले गरेको यो खर्च गत आवको सोही अवधिको तुलनामा एक अर्ब चार करोड रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा भने बाँणिज्य बैंकहरुको यस्तो खर्च रकम २६ अर्ब ७० करोड ७० लाख रुपैंयाँ रहेको थियो ।

बिकास बैकहरुले पनि चालु आवको पछिल्लो अवधिमा कर्मचारी खर्च बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो अवधिमा बिकास बैंकहरुले कर्मचारीहरुको पारिश्रमिकको लागि मात्र कुल तीन अर्ब २६ करोड २० लाख रुपैंयाँ खर्च गरेका छन् ।

यो खर्च गत आवको सोही अवधिको तुलनामा ४६ करोड ५० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बिकास बैंकहरुको यस्तो खर्च रकम दुई अर्ब ७९ करोड ७० लाख रुपैंयाँ रहेको थियो । फाईनान्स कम्पनीहरुले पनि पछिल्लो अवधिमा कर्मचारी खर्च बढाएका छन् ।

राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो अवधिमा फाईनान्स कम्पनीहरुले कर्मचारीहरुको पारिश्रमिकको लागि मात्र कुल ७६ करोड ६० लाख रुपैंयाँ खर्च गरेका छन् । फाईनान्स कम्पनीहरुले गरेको यो खर्च गत आवको सोही अवधिको तुलनामा छ करोड ८० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा भने फाईनान्स कम्पनीहरुको यस्तो खर्च रकम ६९ करोड ८० लाख रुपैंयाँ रहेको थियो ।

बैक तथा फाईनान्स कम्पनीहरुले कर्मचारीहरुको लागि गरेको खर्च :

विवरण                                    २०७९ माघ मसान्त              २०७८ माघ मसान्त         फरक

बाँणिज्य बैंक                                    २७७४७                                   २६७०७               १०४०

बिकास बैंक                                     ३२६२                                        २७९७                ४६५

फाईनान्स                                         ७६६                                          ६९८                  ६८

प्रकाशित मिति: २०७९,चैत्र,८,बुधबार १६:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । देशभर उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले एक समारोहकाबीच काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो संस्थागत

काठमाडौं । एन आई सी एशिया क्यापिटलले “आईडिया टु आईपिओ” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आपिओ

काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी ल्याण्डमार्क होटल एन्ड रिसोर्टसंग सम्झौता गरेको छ । उक्त सम्झौता अन्र्तगत

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले शुक्रबार काठमाडौंमा कम्पनीका अध्यक्ष सुभाष

ताजा समाचार

राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
 २०८०,जेष्ठ,२६,शुक्रवार १६:२३