सगरमाथा जलविद्युत कम्पनीको आईपीओ खुल्यो

लोकपथ
78
Shares

काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले १ सय रुपैयाँ अंकितदरका कुल ३५ लाख ८१ हजार ७६० कित्ता आईपीओ बुधबारदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

यसअघि कम्पनीले वैदेशिक रोजगारमा रहेका तथा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट पनि गरिसकेको छ ।

कम्पनीको आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । यस कम्पनीको आईपीओका लागि चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ भने न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?