काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्रविरोधी काम गरेको आरोप लगाएका छन् ।
सोमवार ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा कांग्रेसले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले ओली नेतृत्वको सरकारले लोकतन्त्रविरोधी काम गरेको र कर्मचारीलाई पार्टीको नियन्त्रणमा राख्न खोजेको आरोप लगाएका हुन् ।
कर्मचारीमाथि नियन्त्रण गर्नु सरकारको अधिनायकवादी सोचको शुरुवात गरेको बताउँदै सभापति देउवाले भने, ‘सरकार तानाशाही र एकलौटी गर्न खोजिरहेको छ । ब्युरोक्रेसीलाई पार्टीको कन्ट्रोलमा लान खोजिरहेको छ । त्यसैगरी पुलिसमा होला, सेनामा होला, हामी न्युट्रल ब्युराक्रेसी, आर्मी, पुलिस चाहन्छौं । तर, सरकार हस्तक्षेप गर्न खोज्दैछ । यो अधिनायकवादी सोचको सुरुवात हो’ उनले भने ।
कांग्रेस मेलमिलाप नीतिमा छ तर, सरकारले तानाशाही व्यवहार देखाउने गरेको बताउँदै उनले भने, ‘मेलमिलाप नीतिमा कांग्रेस हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहन्छ तर, सरकार तानाशाही व्यवहार देखाउँदैछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया