स्ववियु निर्वाचन : कसरी छनोट हुन्छन् दुई पदाधिकारी र सदस्य ?

लोकपथ
119
Shares

काठमाडौं । आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको प्रत्यक्षतर्फको नतिजा आइसकेको छ ।

प्रत्यक्ष तर्फको नजिता आइसकेपछि अब समानुपातिकबाट बाँकी पदाधिकारी तथा सदस्यहरु छनोट हुनेछन् ।

२०७३ सालबाट त्रिविले मिश्रित निर्वाचन प्रणालीमा स्ववियु निर्वाचन गरेको हो ।

५ जना पदाधिकारीमा ३ जना प्रत्यक्षबाट र बाँकी दुई जना समानुपातिकबाट छनोट गरिन्छ । जसमध्ये सभापति, सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन प्रणालीबाट आइसकेका हुन्छन् । भने बाँकी उपसभापति र सहसचिव पद भने समानुपातिक मतको आधारमा भागबण्डा गरिन्छ ।

यता स्ववियु कार्यसमिति भने विद्यार्थी संख्याको आधारमा भागबण्डा लगाइने गरेको छ ।
समानुपातिकबाट पदाधिकारी छनोट गर्दा शुरुमा ती पदाधिकारीहरु पनि सदस्यको रुपमा छनोट गरिन्छ । पछि आन्तरिक निर्वाचनबाट उपसभापति र सहसचिवको छनोट गरिन्छ ।

त्रिविको युवा तथा खेलकुद निर्देशनालयका निर्देशक डा. पशुपति अधिकारीका अनुसार प्रत्यक्षबाट ५० प्रतिशत सदस्यहरु निर्वाचित भएर आउने र बाँकी ५० प्रतिशत समानुपातिकबाट छनोट हुने गरेको प्रावधान रहेको छ ।

‘दुई जना पदाधिकारीलाई समानुपातिबाट मनोनित गरिन्छ । सदस्यहरुमा चाँही ५० प्रतिशत प्रत्यक्ष निर्वाचनबाट आउँछन् र बाँकी ५० प्रतिशत समानुपातिकबाट लैजाने व्यवस्था रहेको छ ।’ अधिकारीले लोकपथसँग भने, ‘समानुपातिकबाट आउने पदाधिकारी पनि शुरुमा सदस्यको रुपमा रहने हुन्छन् । समानुपातिकबाट आएका सदस्यहरु मध्येबाट आन्तरिक छलफलबाट पदाधिकारी छनोट हुनेछ ।’

त्रिविले ६२ वटा आंगिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसहरुमा चैत ५ गते एकैचरण स्ववियु निर्वाचन गर्नका लागि कार्यतालिका सार्वजनिक गरेको थियो । सोही अनुसार निर्वाचन प्रक्रिया अघि बढे पनि कपितय क्याम्पसहरुमा अझै निर्वाचन हुन सकेको छैन । त्रिविले अर्को सूचना जारी गर्दै ७ हप्ताभित्र स्ववियु निर्वाचन गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?