नेविसंघमा भद्रगोल : त्रिवि समितिको अध्यक्षमा एकैदिन ३ जना मनोनित

लोकपथ
322
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको इकाइ अध्यक्षमा ३ जनालाई मनोनित गरेको पत्र सार्वजनिक भएको छ ।

शेर्पाले मंगलबार विष्णुबहादुर वडैलालाई त्रिवि समितिको अध्यक्षको जिम्मेवारी दिएका थिए ।

त्यसपछि शेर्पाले थप दुई जनालाई समेत अध्यक्षको जिम्मेवारी दिएको पत्र सार्वजनिक भएसँगै आधिकारिकता को हो ? भन्ने कुरामा अन्यौलता देखिएको छ ।

वडैलासहित शेर्पाले दिपकराज जोशी र गणेशराज भण्डारीलाई अध्यक्षमा मनोनित गरेका थिए ।

तीनै जनालाई तीन महिनाभित्र त्रिवि इकाइको अधिवेशन गर्न जिम्मेवारी तोकिएको छ । तर अध्यक्ष शेर्पाले भने तीनै जना आधिकारिक नभएको दाबी गरेका छन् ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आफू निकटकालाई मात्रै टिकट दिएको भन्दै संस्थापन इतर समूहले शेर्पाको राजीनामा समेत माग गर्दै आइरहेका छन् । शेर्पाले स्ववियु निर्वाचनमा श्यामराज ओझालाई सभापतिको उम्मेदवार बनाएसँगै अध्यक्षको जिम्मेवारी दिइएको जोशी र भण्डारीले समेत उम्मेदवारी दर्ता गरेका थिए । तर आधिकारिक उम्मेदवारले हार्ने भन्दै नेविसंघ त्रिविका शीर्ष नेताहरु समक्ष आग्रह गरेपछि दुवैले ओझालाई सघाएका थिए ।

एकैदिन तीनै जनालाई आफू हस्ताक्षरित पत्र पठाए पनि तीनै जना आधिकारिक नभएको र केही दिनभित्र त्रिवि समिति मिलाउने शेर्पाको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?