काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिले विभिन्न उपसमिति बनाएको छ ।
मंगलबार बसेको पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको मूल व्यवस्थापन समितिको बैठकले विधान अधिवेशन तयारीका लागि आर्थिक उपसमिति, प्रचार प्रसार उपसमिति, भोजन आवास तथा हल व्यवस्थापन (लजिस्टिक) उपसमिति, स्वयम्सेवक परिचालन उपसमिति गठन गरेको हो ।
जसअनुसार विजय कुमार यादव संयोजक रहेको आर्थिक उपसमितिमा विद्युत बज्राचार्य सह संयोजक रहेका छन् । सदस्यहरुमा आङ्डेण्डी शेर्पा, आङ्काजी शेर्पा, सरोजकुमार यादव, राजेशमान श्रेष्ठ रहेका छन् ।
यसैगरी प्रचार प्रसार उपसमितिको संयोजकमा अर्जुन थापा, सह संयोजकमा न्हुच्छेलाल महर्जन रहेका छन् ।
भोजन, आवास तथा हल व्यवस्थापन उपसमितिको संयोजकमा सुशीला श्रेष्ठ र सह संयोजक लालबहादर तामाङलाई जिम्मेवारी दिइएको छ ।
यसैगरी स्वम्सेवक परिचालन उपसमितिको संयोजक विद्युत बज्राचार्य र सह संयोजक तारा विश्वकर्मा रहेका छन् । युवा, विद्यार्थी, महिला, ट्रेड युनियन लगायतका जनसंगठनका अध्यक्षहरु र बागमती प्रदेश समिति र काठमाडौ जिल्ला समितिका प्रतिनिधिहरु उप समितिको सदस्य रहने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया