राष्ट्रपतिले थप सेवा सुविधाको अपेक्षा गर्नु अस्वभाविक : पशुपति शमशेर राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्र र जनताको पक्षमा सिन्को समेत भाँच्न नसकेको दाबी गरेका छन् । 

सोमवार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्याक्रममा बोल्दै राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले सो कुरा बताएका हुन् । साथै उनले सत्तारुढ दल नेकपाकै नेतहरुले सरकारले गरेको कामको व्यापक आलोचना गरेको बताउँदै ओली नेतृत्वको सरकार इतिहासकै कमजोर सरकारको भएको दाबी गरेका हुन् ।  

साथै पछिल्लो समय सञ्चारमाध्यममा राष्ट्रपति विद्यादेवि भण्डारी सेवा सुविधालाई लिएर व्यापक आलोचना हुँदै आएको कुरालाई लिएर अध्यक्ष राणाले भने राष्ट्रपति भण्डारीले थप सेवा सुविधाको अपेक्षा गर्नु अस्वभाविक भएको बताए । 

उनले भने, ‘राष्ट्रपतिलाई महंगो गाडी खरिद गर्ने, प्रहरी तालिम केन्द्रसम्म शीतल निवासलाई विस्तार गर्ने सरकारको योजनाप्रति हाम्रो आपत्ति छ ।’ 

‘राष्ट्रपतिले राजा, महाराजाको जस्तो सेवा, सुविधा खोज्नु गणतन्त्रका लागि सुहाउँदो विषय होइन्’ अध्यक्ष राणाले भने । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?