१३ जेष्ठ २०८०, शनिवार

सरकारमा जानेबारे गृहकार्य गर्न एकीकृत समाजवादीले बनायो कार्यदल

२०७९,चैत्र,७,मंगलवार १३:४०

81
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सामेल हुनेबारे गृहकार्य गर्न कार्यदल बनाएको छ ।

आज बसेको ५४औँ सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको हो । जसमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव धनश्याम भुसाल रहेका छन् ।
उक्त कार्यदलले पार्टीले पाउने मन्त्रालयबारे छलफल गर्ने, सरकारमा जाने मन्त्रीहरू छान्ने, नीति तथा कार्यक्रम बनाउने, केन्द्रदेखि प्रदेशसम्म मन्त्रालय बाँडफाँटलगायतबारे गृहकार्य गर्नेछ ।

सोमबार सरकारलाई विश्वासको मत दिएको एकीकृत समाजवादीले गृहसहितको ठूला मन्त्रालयको दाबी गरिरहेको छ ।

गठबन्धनमा आवद्ध अन्य दलले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री लगायत अन्य संवैधानिक पदहरुमा भागबण्डा भएका कारण आफूहरुले पनि रोजेको मन्त्रालय पाउनुपर्ने एकीकृत समाजवादीको दाबी रहेको छ ।

प्रकाशित मिति: २०७९,चैत्र,७,मंगलवार १३:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सरकारको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार राति सम्पन्न प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधि सभाको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति नाथको जलहरीको विषयमा निवेदन परि छानबिन भइरहेको बताएका छन्। जलहरी प्रकरणमा प्रतिनिधि सभाको

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा शुरु भएको छैन । बैठक शनिबार दिउँसो ४ बजे बोलाइएको भएपनि समयमै शुरु हुन

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११