प्रधानमन्त्री प्रचण्डद्वारा सडक शिलान्यास (तस्बिरसहित)

लोकपथ
117
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक शिलान्यास गरेका छन् ।

मंगलबार दिउँसो प्रधानमन्त्री प्रचण्डले गोरखा पालुङटारमा २० किलोमिटर सडकको स्तरोन्नतीसहित शिलान्यास गरेका हुन् ।

प्रधानमन्त्रीले पन्थडिही–कटहरे–हर्मी–साहिलटार शिलान्यास गरेका हुन् ।

त्यस्तै सो सडक रणनीतिक महत्वको रहेको बताउँदै समयमै काम सक्न समेत निर्देशन दिएका छन् ।

भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा यो सडक निर्माण गर्न लागिएको हो। सडक निर्माणमा ८० करोड रुपैयाँ बजेट छ।

शिलान्यास कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, गोरखा क्षेत्र नं २ प्रदेश सभा ख का सांसद सुरेन्द्र पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

तस्बिर : प्रधानमन्त्री सचिवालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?