काठमाडौं । पार्टी एकताको जिम्मा पाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यदलले पार्टीको जिल्ला कमिटीभन्दा तलको एकताका लागि काम नगर्ने भएको छ ।
गत मंसिर २९ गतेदेखि पुस १३ गतेसम्म बसेको नेकपा स्थायी कमिटी बैठकले संगठनात्मक एकताका सम्पूर्ण प्रक्रियाको टुंगो लगाउन ९ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा सचिवा
लय सदस्य रामबहादुर थापा ‘बादल’, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू सुरेन्द्र पाण्डे, शंकर पोखरेल, वर्षमान पुन, वेदुराम भुसाल, रघुवीर महासेठ, योगेश भट्टराई र लेखराज भट्ट छन् ।
पुस समान्तसम्म पार्टी एकताको सम्पूर्ण खाका तयार पार्ने जिम्मेवारी पाएको कार्यदलले केन्द्रीय विभाग, आयोग, जनवर्गीय संगठनको नेतृत्व र जिल्ला संगठनसम्मको सम्पूर्ण संरचना तयार पार्नेछ । तर, पार्टीको जिल्ला कमिटीभन्दा तलको एकताका लागि भने कार्यदलले काम नगर्ने नेताहरूले बताएका छन् ।
कार्यदल गठन भएपनि त्यसको टीओआर नेतृत्वले दिइनसकेका कारण टीओआर र नेतृत्वको निर्देशनको पर्खाइमा कार्यदल छ ।
कार्यदलले जिल्ला कमिटीको अध्यक्ष, सचिव, इन्चार्ज र सहइन्चार्ज, जिल्ला कमिटी सदस्यहरूको नाम, केन्द्रीय आयोग (अध्यक्ष, सचिव र सदस्यहरू), ३५ वटा केन्द्रीय विभाग (प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरूको नाम) को प्रस्ताव तयार पार्नेछ । त्यस्तै जनवर्गीय संगठनको नेतृत्व, राष्ट्रिय प्रतिनिधि परिषद्, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चको प्रस्ताव कार्यदलले तयार पार्नेछ ।
त्यस्तै पोलिट ब्युरो गठन प्रस्ताव र केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने अधिकार पनि कार्यदललाई नै हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया