१४ जेष्ठ २०८०, आईतवार

मन्त्रीहरुको नाम टुंग्याउन शुरु भयो एकीकृत समाजवादीको बैठक

२०७९,चैत्र,७,मंगलवार १२:०५

99
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक शुरु भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीको ५४औं स्थायी कमिटीको बैठक शुरु भएको हो ।

बैठकले पुष्पकमल दाहाल प्रचण्डको सरकारले विश्वासको मत पाए सँगै बैठकले पार्टी सरकारमा सहभागिताका विषय सहित समसामयिक विषयवस्तुमा छलफल हुने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

सरकारलाई समर्थन गरि सरकारमा सामेल हुन लागेको एकीकृत समाजवादीले गृहसहित ठूला मन्त्रालयहरुमा दाबी गरिरहेको छ । वर्तमान गठबन्धनमा आवद्ध अन्य दलबाट राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री तथा अन्य संवैधानिक निकायहरुमा समेत रहेको कारण आफूहरुले रोजेको मन्त्रालय पाउनुपर्ने एकीकृत समाजवादीका नेताहरुले दाबी गर्दै आइरहेका छन् ।

पार्टीको ५३ औं स्थायी कमिटीले ४ जना उपाध्यक्षहरू समेत स्थायी समितिमा थप गरेपछि अव पार्टीको स्थायी समितिको संख्या १९ पुगेको छ । अघिल्लो बैठकले सरकारलाई विश्वासको मत दिने र पार्टी संसद्को सत्ता पक्षमा बस्ने समेत निर्णय गरेको थियो ।

प्रकाशित मिति: २०७९,चैत्र,७,मंगलवार १२:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसको सुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल (सिडेन) को अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित भएका छन्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीसहित १९ जना व्यक्तिहरुलाई कैद सजाय मिनाहा गरेका छन् । जेठ

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा ४८२ जना कैदीहरुले आम माफी पाएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले हेमबहादुर थलङ सहित

आज आइतबार इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल खेल हुँदैछ । फाइनलमा साबिक विजेता गुजरात टाईटन्स र चेन्नई सुपर किंग्स

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९