एकीकृत समाजवादी काभ्रेले संगठन सुदृढीकरण विषेश अभियान शुरु गर्ने

लोकपथ
78
Shares

काभ्रे । नेकपा (एकीकृत समाजवादी) काभ्रेले संगठन सुदृढीकरण विषेश अभियान शुरु गर्ने भएको छ। पार्टी केन्द्रीय कमिटीको निर्देशन अनुसार जिल्लामा पार्टी संगठन सुदृढीकरण अभियान गर्न लागिएको हो ।

काभ्रेमा पार्टीले नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री विरोध खतिवडालाई पार्टी संगठन सुदृढीकरण अभियानमा काभ्रे जिल्ला अनुगमनकर्ताको जिम्मेवारी दिएर खटाएको जिल्ला पार्टी कार्यालय काभ्रेले जनाएको छ ।

नेकपा एकीकृत समाजवादीले देशव्यापी रुपमा संगठन सुदृढीकरण, गठन र पुनर्गठनको अभियानमा सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त अभियान सँगै नेकपा एकीकृत समाजवादी काभ्रेले आगामी जेठ २७ र २८ गते जिल्ला अधिवेशन गर्ने निर्णय सहित मिति तय गरिसकेको छ ।

यस्तै , छिट्टै पालिका अधिवेशन र वडा अधिवेशन पनि सम्पन्न हुने तयारी भएको जिल्ला अध्यक्ष तथा अधिवेशन संयोजक बसुन्धरा हुमागाँईले जानकारी दिनु भएको छ। संगठन सुदृढीकरण विषेश अभियानलाई पालिका र वडा तहसम्म सफलता पूर्वक सम्पन्न गर्नको निम्ति जिल्लाले पालिका र वडामा पनि अनुगमनकर्ता , सहजकर्ता र पार्टी प्रतिनिधि पनि तोकिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?