छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्रीको आग्रह

लोकपथ
28
Shares
kfn’ª6f/, !$ kmfu’gM gful/s e]63f6 sfo{qmd k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú uf]/vfsf] gu/ sfo{kflnsfsf] sfof{no kfn’ª6f/df cfOtaf/ cfof]lht gful/s e]63f6 sfo{qmddf wf/0ff /fVg’x’Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरे ।

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना दिनुहुँदै उनले सभ्य र सु–संस्कृत समाज निर्माणका लागि आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले भनेका छन्, “अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिँदै सभ्य र सु–संस्कृत समाज निर्माणको नेतृत्वका लागि अपिल गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?