स्ववियु निर्वाचनमा विद्यार्थीमाझ गरेका बाचा अक्षरशः कार्यान्वयन होस् : गगन थापा

लोकपथ
21
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लामो समयपछि भएको स्ववियु निर्वाचनले विद्यार्थी आन्दोलनलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरेका छन् ।

आइतबार सम्पन्न स्ववियु निर्वाचनमा नेविसंघबाट निर्वाचितहरुलाई बधाई ज्ञापन गर्र्दै महामन्त्री थापाले
नेविसंघलाई पुनः आम विद्यार्थी माझ पहिलो सङ्गठनको रूपमा स्थापित गरेको बताए । नेविसंघबाट निर्वाचित सबैले यो विश्वासलाई कायम राख्दै विद्यार्थी आन्दोलनलाई थप नयाँ र परिकृत ढंगले अघि बढाउनुपर्ने थापाको जोड छ ।

‘यो स्ववियु निर्वाचनले फेरी एक पटक नेविसंघलाई आम विद्यार्थी माझ पहिलो सङ्गठनको रूपमा स्थापित गरेको छ। यो विश्वासलाई कायम राख्दै नेविसंघले विद्यार्थी आन्दोलनलाई नयाँ र परिष्कृत ढङ्गले अगाडी बढाउनु पर्दछ ।’ थापाले भनेका छन् ।

त्यस्तै निर्वाचनका बेला विद्यार्थीहरुमाझ गरेको बाचा र प्रतिबद्धताहरु पूरा गर्दै प्राज्ञिक उन्नयनका लागि काम गर्न समते आग्रह गरेका छन् ।
‘निर्वाचनको क्रममा के गर्छौँ र के गर्दैनौँ भनेर गरेका प्रतिबद्धतालाई अक्षरशः कार्यान्वयन गर्दै शैक्षिक तथा प्राज्ञिक उन्नयनको लागि काम गर्न आग्रह गर्दछु ।’ थापाले भनेका छन् ।

त्यस्तै आम विद्यार्थीका मुद्दालाई सम्बोधन गर्न तथा स्ववियुको गरिमालाई उच्च राख्न नवनिर्वाचित स्ववियुको नेतृत्वले भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

‘आम विद्यार्थीका मुद्दालाई संवोधन गर्न तथा स्ववियुको गरिमालाई उच्च बनाउन नवनिर्वाचित स्ववियु नेतृत्वले जिम्मेवार ढङ्गले काम गर्नेछ भन्ने विश्वास लिएको छु ।’ थापाले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?