पूनर्निमाण प्राधिकरणमा भुसालको नेतृत्व : को हुन भुसाल ?

काठमाडौं ६ कार्तिक – लिलामणी पौडेल मूख्यसचिवबाट अवकास हुने बेला अर्थ सचिव यूवराज भुसालको नाम मूख्य सचिवका लागि चर्चामा थियो । तर उनले सचिवबाटै अवकास लिनुप¥यो । केही समयपछि सरकारले नेपाल राष्ट्रबैंको गभर्नर नियुक्त गर्नेबेला भुसालको पनि नाम सिफारीस भयो तर अन्त्यमा भुसालको नाम सिफारीसमै सिमीत भयो । गतवर्ष विभीन्न मूलुकका राजदुत नियुक्त गर्ने बेला यूवराज भुसालको नाम पनि चर्चामा आयो तर त्यसमा पनि उनको चर्चा यथार्थतामा परीणत हुन सकेन । भुसाल निराश नै हुनुप¥यो । लोकमानसिंह कार्कीको बहिर्गमनपछि रीक्त रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पनि यूवराज भुसालको चर्चा भयो । तर त्यहाँ पनि नियुक्त हुने बेला अर्कै अवस्था आयो । शाखा अधिकृतबाट निजामति सेवा प्रवेश गरेर कहिल्यै विबादमा नआई नेपाल सरकारको अर्थ सचिवबाट सेवा निवृत्त भएका भुसालले अन्नतः पुनर्निर्माण प्राधिकरणको दौड भने जितेका छन् । को हुन सिईओ भुसाल ? अर्थसचिवबाट सेवा निबृत्त भएपछि भुसाल कर्मचारी प्रशिक्षण प्रतिष्ठामा अध्ययन निर्देशक भएका भुसाल प्राज्ञिक व्यक्तित्व मानिन्छन् । गुल्मीको साविक बाँझकटेरी गाविस ६ (हाल मदाने गाउपालिका २) मा २०१४ सालमा जन्मेका भुसालले स्थानीय सत्यवती प्राथमिक पाठशालामाबाट प्राथमिक शिक्षा लिएका थिए । उनले हिमालय मावि बस्तु, धुर्कोट माध्यमिक शिक्षा उत्तिर्ण गरेका थिए । पृथ्वीनारायण क्याम्पस, पोखराबाट प्रथम श्रेणीमा स्नातक, त्रिविबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका भुसालले अध्ययनलाई अगाडी बढाउने क्रममा जर्मनीको डोर्टमुण्ड विश्वविद्यालयबाट विकास योजना र एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी र थाइल्याण्डमा विकास अर्थशास्त्रमा स्वर्णपदक प्राप्त व्यक्ति हुन । विक्रम संवत २०३७ सालमा शाखा अधिकृतबाट सरकारी सेवा प्रवेश गरेका भुसाल २०४३ सालमा सहायक सचिव हुँदै, २०५० सालसम्म विभीन्न जिल्लामा स्थानीय विकास अधिकारी भई काम गरेका थिए । २०५४ सालमा सह सचिव भएपछि महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयमा करीव १ वर्ष, अर्थमन्त्रालको बजेट महाशाखामा ४ वर्ष, परराष्ट्र मन्त्रालय अन्तर्गत नेपाली महावाणिज्य दुतावास कोलकातामा ३ वर्ष महावाणिज्य दुत भई काम गरेका थिए । २०६५ सालमा सचिव बनेका उनले २०७१ साउनसम्म भूमिसुधार, प्रशासन पुनः संरचना आयोग, वन, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगमा काम गरेको अनुभव छ । भुसाल विशेष गरी वातावरण, प्राकृतिक श्रोत व्यवस्थापन, स्थानीय सरकार तथा विकेन्द्रिकरण, लैंगिक मामला, विकास योजना र गरीवि निवारणको क्षेत्रमा विशेष दखल भएका व्यक्ति हुन् । उनी सदस्य सचिव हुँदा प्रशासन पुनर्संरचना आयोगले तयार पारेको सुझाव मुलुक संघीयतमा गएपछि बढी सान्दर्भिक देखिएको छ । अर्थशास्त्रमा पनि राम्रो दखल भएका भुसालले अफगान सरकारले आह्वान गरेको विश्वव्यापी प्रतिस्पर्धाबाट छानिएर एक वर्ष अफगानिस्तानको अर्थ मन्त्रालयमा बजेट सल्लाहकार भई काम गरेका थिए । स्टाफ कलेजमा २ वर्ष अध्यापन गरेका भुसालको अभुभवलाई सकरारले राष्ट्रिय योजना आयोग तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका महत्वपूर्ण परीयोजनामा विज्ञको रुपमा प्रयोग गरीरहेको छ । प्रमुख कार्यकारी अधिकृत नियुक्त भईसकेपछि भुसालले पुनर्निर्माण प्राधिकरणमा भैरहेका कामलाई दु्रत गतिमा अगाडी बढाउने बताए । भुकम्पपिडीतका घर र ऐतिहासिक सम्पदाको पुनर्निमार्णलाई एकसाथ अगाडी बढाउने योजना रहेको उनले सुनाए । ‘राज्यले मेरो योग्यतालाई विश्वास गरेर जुन जिम्मेवारी सुम्पिएको छ, त्यसलाई छिटो र छोटो बाटो अपनाएर पूरा गर्नेछु’ उनले भने ‘भुकम्पपिडीतको घर निर्माण सम्पन्न गरी उनीहरुको मुहारमा खुसी ल्याउनु र राज्यका धरोहर निर्माण गरेर देशका सम्पदा जोगाउनु मेरो प्रमुख प्रयत्न रहने छ ।’ निजामति सेवामा रहँँदा सफल मानिएका अध्ययनशिल र धार्मिक स्वभावका भुसालको नेतृत्वपछि पुनर्निर्माण प्राधिकरण कतिको सफल हुने हो त्यो भने हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?