काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रजातान्त्रिकले पार्टी एकीकरण लगायत विषयमा छलफल गर्न उच्चस्तरीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
सोमवार दिउँसो राजधानीको चावहिलस्थित पार्टी मुख्यालयमा उच्चस्तरीय कार्यसम्पदान समितिको बैठक बस्न लागेको हो ।
बैठकमा पार्टी एकताका विषयमा छलफल हुनेछ । साथै राष्ट्रिय एकता दिवस र सातै प्रदेशमा गर्ने सम्मेलनको विषयमा पनि बैठकमा छलफल हुने राप्रपा प्रजातान्त्रिकका एक नेताले जानकारी दिए ।
त्यस्तै कमल थापा नेतृत्वको राप्रपासँग भने तत्काल पार्टी एकता नहुने पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले बताएको छ ।
यता राप्रपा प्रजातान्त्रिक र प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीबीच पार्टी एकता हुने भनिएपनि अझै हुन सकेको छैन ।
राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीबीच सिद्धान्त मिलेपनि झण्डा र चुनाव चिन्हका विषयमा सहमति जुट्न नसक्दा दुवै पार्टीबीच एकता अन्यौलमा पारेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया