काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको विविध मतभेदको कारण तत्कालिन गठबन्धन टुटाउनुपरेको स्पष्ट पारेका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन् ।
आफूले विशेष परिस्थिति आएको कारण आफू एमालेसँग मिल्न गए पनि राष्ट्रिय सहमति गर्न एमाले अध्यक्ष नमानेपछि आफूले पूरानै गठबन्धनमा फर्किएको बताए ।
एमालेसँग मतभेद भइरहेका बेला कांग्रेसले पनि आफूलाई छोडेकोमा पश्चाताप गरेको भन्दै पुनः पूरानो गठबन्धन ब्यूतिने अवस्था आएको बताए । उनले कांग्रेसले पश्चाताप गरेको कारण पुनः लभ परेको टिप्पणी गरे ।
उता (एमालेमा) मतभेद हुँदैथियो । यता नेपाली कांग्रेसले पनि प्रचण्डसँग छुट्नुपर्यो भन्ने पश्चाताप गरेको जस्तो लाग्यो अनि लभ परिहाल्यो’ प्रधानमन्त्री प्रचण्डले भने ।
त्यस्तै आफूले एमालेलाई प्रधानमन्त्री बनाइदिन आग्रह गर्न नगएको समेत तर्क गरेको छन् । आफूलाई पटकपटक फोन गरेपछि आफू बालकोट गएर प्रधानमन्त्री बनेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया