बंगलादेशको आमनिर्वाचन : प्रधानमन्त्री शेख हसिना चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजिद चौथो कार्यकालका लागि निर्वाचित भएकी छिन् । 

प्रधानमन्त्री शेख हसिना नेतृत्वको सत्तारुढ अवामी लिगले संसदको हिजो (आइतवार) भएको निर्वाचनमा ३ सय मध्ये २ सय ८१ सिटमा जित हात पारेपछि हसिना चौथो कार्यकालका लागि निर्वाचित भएकी हुन् । 

संसदको ३ सय ५० सिटमध्ये ५० सिटमा भने महिला प्रतिनिधि मनोनित हुने व्यवस्था छ ।

निर्वाचनमा सत्तारुढ अवामी लिगका तर्फबाट हसिना र प्रतिपक्षी बंगलादेश नेश्नलिष्ट पार्टीबाट पूर्व प्रधानमन्त्री खालिदा जियाले प्रधानमन्त्रीमा उम्मेद्वारी दिएकी थिइन् । 

मुस्लिम धर्मावलम्बीको बाहुल्य रहेको बंगलादेशमा मुलुकभरका ४० हजार १ सय ९९ मतदान केन्द्रमा १० करोड जना मतदानमा सहभागि भएको सञ्चारमाध्यमहरुले उल्लेख गरेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?