प्रधानमन्त्री बनाइदेउ भन्दै म एमालेसँग गएको होइन – प्रधानमन्त्री दाहाल

लोकपथ
42
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफू एमालेलाई प्रधानमन्त्री बनाइदेउ भन्न नगएको प्रष्ट पारे । संसदमा विश्वास मत माग्दै गर्दा उठेका विषयमाथि जवाफ दिँदै प्रधानमन्त्री दाहालले आफूले पुष १० गते प्रधानमन्त्री बनाइदेउ भन्दै एमालेलाई गुहार्न नपुगेको प्रष्ट पारेका हुन् ।

एमाले उपमहासचिव विष्णु पौडेलले संसदमा उठाएका विषयवस्तुमाथि जवाफ दिँदै प्रधानमन्त्री दाहालले पुष १० गते एमालेले नै जोड गरेर आफूलाई प्रधानमन्त्री बनाएको उल्लेख गरेका हुन् । ‘म प्रधानमन्त्री बनाइदेउ भन्दै बालकोट गएको होइन,’ उनले भने, ‘एमालेकै साथीहरुले मलाई प्रधानमन्त्री बन्न उक्साउनुभएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?