काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई विश्वासको मत दिने भएको छ ।
आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपा सांसद डोलप्रसाद अर्यालले यसअघि दिएको विश्वास कायमै राख्ने जानकारी गराए ।
गत पुस २६ गते रास्वपाले सरकारलाई विश्वासको मत दिएको थियो । तत्कालिन गठबन्धन भत्किएसँगै रास्वपाले सरकार छाडे पनि सरकारलाई दिएको समर्थन कायमै राखेको थियो ।
संसदमा बोल्दै उनले सांसदहरुले संसदमा उठाउने विषयबारे समेत ध्यानाकर्षण गराए ।
यसअघि कांग्रेसले विश्वासको मत दिने घोषणा गरिसकेको छ । भने यता नेकपा एमालेले विश्वासको मत दिन नसक्ने जानकारी गराइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया