एमालेको प्रश्न : ‘प्रधानमन्त्रीज्यू तपाईंले खोजेको राष्ट्रिय सहमति कस्तो हो ?’

लोकपथ
70
Shares

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री विश्वासको मत दिनुपर्ने कुनै पनि आधार नदेखिएको बताएको छ ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद विष्णु पौडेलले प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको नाममा नेकपा एमालेलाई बाहेक गराउने खेल बनेको बताए ।

संसदमा बोल्दै उनले उनले एमाले बिना राष्ट्रिय सहमति सम्भव छ वा छैन भन्दै प्रश्न गरे । त्यसको साथै राष्ट्रिय सहमति भन्ने नभइ गर्ने विषय रहेको समेत बताए ।

‘नेकपा एमालेबिना राष्ट्रिय सहमति सम्भव छ कि छैन ।’ उनले भने, ‘राष्ट्रिय सहमतिको गलत परिभाषा नहोस् । राष्ट्रिय सहमति भन्ने विषय होइन गर्ने विषय हो ।’

त्यस्तै राष्ट्रिय सहमतिको नाउमा नेकपा एमालेका उम्मेदवारलाई किन स्वीकार गर्न नसकेको भन्दै प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?