काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएको छ ।
आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले विश्वासको मत दिने जानकारी गराएका हुन् । यसअघि नै कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने आधिकारिक निर्णय गरिसकेको थियो ।
बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले यसअघि आफूहरु प्रतिपक्षीमा भए पनि मुलुकको स्थिरताको लागि विश्वासको मत दिएको स्मरण गराएका छन् ।
आजको बैठकमा यसअघि प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले सबै दलहरुसँग विश्वासको मत मागेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया