प्रधानमन्त्रीको टिप्पणी : ‘म राष्ट्रिय सहमति खोज्दै थिएँ, दुई दलले अस्थिरता लैजान खोजे’

लोकपथ
147
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनको तीन महिनामा दुई पटक विश्वासको मत लिनुपर्ने बाध्यताले गम्भीर रहेको बताएका छन् ।

सोमबार विश्वासको मत लिने प्रयोजनको लागि बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

आफूले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्दा एमाले र राप्रपाबाट सरकारमा सामेल मन्त्रीहरुले राजीनामा दिएपछि यस्तो अवस्था आएको स्पष्ट पारे ।

तत्कालिन एमालेसहितको गठबन्धन आफैमा राष्ट्रिय सहमति भए पनि दुई दलले स्थिरतातिर लैजाने खेल खेलेको टिप्पणी गरे ।

‘म सरकार बाहिर रहेका दलहरुलाई समेत जोडेर राष्ट्रिय सहमतिको वातावरण बनाउन प्रयत्नशील थिएँ । तर राष्ट्र सामु स्थिरताको सहमति जनाएका दुई दल नै अस्थिरतातिर अग्रसर हुनु चिन्ताको विषय हो ।’ उनले भने, ‘गठबन्धन सरकार आफैँमा एक एतिहासिक राष्ट्रिय सहमति थियो ।’

त्यस्तै छोटो समयमा पनि सरकारले उल्लेखनीय कामको शुरुवात भएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?